काठमाडौं । जब्बरजस्ती करणीको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ ।
शुक्रबार काठमाडौं जिल्ला अदालतमा महराको बयान लिइएको हो । उनलाई आइतबार थुनछेक बहसमा लागि अदालतमा उपस्थित गराउने अनुमति पनि दिइएको अदालतका फैसला कार्यान्वयन अधिकारी संजीव पोखरेलले जानकारी दिनु भयो । शुक्रबार महराले न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासमा बयान दिएका थिए । थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ । अदालतको फैलसा कार्यान्वयन अधिकारी पोखरेलले बहस नसकिएकाले महराबारे थप अरु केही भन्न नमिल्ने पनि बताउनु भयो ।