Saturday, January 18, 2025
Home > मुख्य समाचार > पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभुति हुन थालेको अध्यक्ष दाहालको भनाइ

पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभुति हुन थालेको अध्यक्ष दाहालको भनाइ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताउनुभएको छ ।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशिल चिकित्सक संघले आज काठमाडौमा गरेको अन्तरक्रियामा उहाँले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभुति हुन थालेको बताउनुभयो । नेकपाको सचिवालय बैंठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै अध्यक्ष दाहालले कतिपय बिषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको स्पष्ट पार्नुभयो । कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौति दुबै भएको भन्दै उहाँले अहिले केहि गर्न नसके इतिहासले धिकार्ने बताउनुभयो । अध्यक्ष दाहालले यस्तो अवसर सधै नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा पनि जोड दिनुभयो । यस्तै अध्यक्ष दाहालले चिकित्सकहरुले आफ्नो पेशालाई मानवता सँग जोडेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । पेशा सुरक्षित, लोकप्रिय र मर्यायादित बनाउन सरकारले सहयोग गर्ने भन्दै चिकित्सकले पनि बिरामीलाई बस्तु नठानी मानवीयतामा रहेर काम गरे समाजवाद उन्मुख देश बनाउन सकिने बताउनु भयो । अध्यक्ष दाहालले विश्वमै स्वास्थ्य क्षेत्र पूँजीपतिले चलाएको भन्दै स्वास्थ्य क्षेत्रलाई समाजवाद उन्मुख गराउने चुनौति रहेको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *