Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > पार्टी एकतालाई आँखाको नानी जस्तो प्यारो वनाउनुुपर्ने अध्यक्ष दाहालको भनाइ

पार्टी एकतालाई आँखाको नानी जस्तो प्यारो वनाउनुुपर्ने अध्यक्ष दाहालको भनाइ

विराटनगर । नेपाल कम्युुनिष्टपार्टी नेकपाका अध्यक्ष पुुष्पकमल दाहालले पार्टी एकतालाई आँखाको नानी जस्तो प्यारो वनाउनुुपर्ने वताउनुु भएको छ ।

नेकपा मोरङले विराटनगरमा आज आयोजना गरेको शुुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै उहांले पार्टी एकतालाई अप्ठ्यारो नमानिकन आँखाको नानी जस्तै प्यारो वनाउनुुपर्नेमा जोड दिनुुभयो । पार्टी एकतामा केहि सानातिना अप्ठ्यारा भएको हुनसक्ने भएपनि ती अप्ठ्यारा सहज रुपले समाधान हुुने उहाँले दावी गर्नुुभयो । उहाँले दुुई करोड नेपाली जनताको सर्मथन रहेको पार्टी कसैसंग डराउनुु आवश्यक नभएको वताउनुुभयो । अध्यक्ष दाहालले जनताको मालिक नभएर जनताको सेवक भएर पार्टीका नेताहरुले काम गर्न सके आफनो पार्टीलाई कसैले हराउन नस्कने वताउनुुभयो ।  कार्यक्रममा वोल्दै कार्यवाहक प्रधानमन्त्री एंव नेकपा स्कुुल विभाग प्रमुुख ईश्वर पोखरेलले दुुवै पार्टीको एकता क्षणिक स्वार्थका निम्ति नभई विकास र समृद्धिको आवश्यकता अनुसार भएकाले कहिलेपनि तलमाथी नहुुने र एकताको झण्डालाई थप माथी उठांउदै जाने वताउनुुभयो ।

उहांले चुुनावको वेला जनता संग गरेको प्रतिवद्धता पुुरा गर्नेगरि सरकारले विकास निर्माणका योजनालाई अघि वढाएको वताउनुुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *