Saturday, January 18, 2025
Home > मुख्य समाचार > पार्टी एकताको समयमा भएको समझदारीलाई अनावश्यक रुपमा नउचाल्न दाहालको आग्रह

पार्टी एकताको समयमा भएको समझदारीलाई अनावश्यक रुपमा नउचाल्न दाहालको आग्रह

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकताको समयमा भएको समझदारीलाई अनावश्यक रुपमा उचाल्न नहुने धारणा व्यक्त गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुराकानी गर्नुहुंदै उहाँले दुई अध्यक्ष वीच भएको समझदारीका बिषयमा बाहिर आए जस्तो कुनै नयाँ कुरा नभएको बताउनुभयो । उहांले सो बिषयमा यसअघि समेत विभिन्न माध्यमहरुबाट समझदारीका कुराहरु बाहिर आइसकेको बताउनुहुंदै आफुले अन्तर्बाताको क्रममा समझदारीलाई स्मरण मात्र गरेको बताउनुभयो । उहांले सो विषयलाई अतिरंजित नवनाउन पनि आग्रह गर्नुभयो । अध्यक्ष दाहालले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै जना अध्यक्ष लागिरहेको वताउदै नेता, कार्यकर्ता, शुभेच्छुक र जनतामा अनावश्यक रुपमा विभाजित नहुन आग्रह समेत गर्नुभयो । उहांले समझदारीका बिषयलाई पार्टीले इमान्दारीका साथ कार्यान्वयन गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । भारतमा विदेश मन्त्री परिवर्तनको बिषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा दाहालले भारतमा बिदेशमन्त्री परिवर्तनले नेपाल भारत सम्बन्धमा कुनै तात्विक असर नपर्ने बताउनुभयो । उहांले विगतमा भएको नाकाबन्दीबाट दक्षिणी छिमेकीले शिक्षा लिईसकेको अवस्था रहेको र फेरी त्यस्तो अवस्था नदोहोरियोस भन्ने बिषयमा नेपाल समेत सतर्क रहेको बताउनुभयो । उहांले जेठ २० गते बस्ने सचिवालयको बैठकले पार्टी एकिकरणका बाँकी मुद्दा र नेता कार्यकर्ताको कार्य विभाजन गर्ने समेत जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *