Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > पार्किङको ब्यवस्था गर्न सिटीसफारी चालकहरुको माग

पार्किङको ब्यवस्था गर्न सिटीसफारी चालकहरुको माग

विराटनगरक्षेत्रका सिटीसफारी चालकहरुले पार्किङको ब्यवस्था गर्न माग गरेका छन ।

दर्जनौंको संख्यामा समूह बनाएर जिल्ला ट्राफिक प्रहरी कार्यालय पुगेका उनीहरुले ट्राफिक प्रहरी प्रमुख राकेश पोद्दार समक्ष यस्तो माग गरेका हुन । सफारीकालागि ठाँउठाँउमा पार्किङ नछुट्याइएका कारण आफुहरुले समस्या झेल्नुपरेको उनीहरुले गुनासो गरेका छन । पार्किङ न छुट्याइएका कारण सडक छेउमा पार्किङगर्दा ट्राफिक प्रहरीहरुले ह्वील लक लगाईदिने समस्या झेल्नुपरेको चालक दिलीप साहले गुनासो गर्नुभयो । ट्राफिकले ह्वील लक लगाएपछि दिनभरि सोहि ठाँउमा राखिदिने कारणले रोजीरोटी गुम्ने गरेको र जरिवानास्वरुप ५ सय रुपैया समेत तिर्नुपरेको उहाँको भनाई छ । आफुहरुले नियमानुसारको कर र दस्तुर बुझाएर सिटी सफारी चलाएपनि ब्यवस्थापन गर्न कसैले ध्यान नदिएको चालकहरुको भनाई थियो । यता ट्राफिक प्रहरी प्रमुख पोद्दारले आफु भर्खरै आएको बताउदै अवस्था हेरेर पार्किङको ब्यवस्थागर्ने चालकहरुलाई आश्वासन दिनुभएको थियो । नगरक्षेत्रमा आवश्यकता भन्दा बढी सिटी सफारी र टेम्पुहरु कुदिरहेकाले ट्राफिक जामको समस्या निम्तिएको सर्वसाधारणले गुनासो गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *