Saturday, January 18, 2025
Home > खेलकुद समाचार > पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि कसले लग्ला ?

पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि कसले लग्ला ?

विराटनगर, ७ चैत्र । विराटनगरमा जारी पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि भोली शुक्रबार नेपाल र भारतबिच प्रतिष्पर्धा हुदैछ । दुवै टिमले पाँचौं उपाधी जित्ने दावी गरेका छन् ।

विराटनगरस्थित सहिद रंगशालामा नेपालले शुक्रवार उपाधिका भारतसंग खेल्दैछ । भारतले यसअघि चार पटक उपाधी जितिसकेको छ । साफमा भारत बलियो भएपनि भारतलाई हराएर यसपटक नेपाल रेकर्ड ब्रेक गर्दै उपाधि जित्ने दाउमा छ ।  नेपालले भारतसंग अघिल्ला दुई खेलमा एक जित र एक बराबरी खेलेका कारण यस पटक खेलाडीहरुको मनोवल उच्च भएको छ । नेपाली खेलाडीहरुको प्रदर्शन दैनिक सुधार आएको कारण भारतसंग झुकेर नखेल्ने नेपाली टिमको भनाइ छ । प्रशिक्षकले दिएको रणनीति अनुसार खेल्दै घरेलु मैदानमा उपाधि जित्ने खेलाडीहरुको दावी छ । यता भारतले पनि नेपालको मैदानबाट उपाधी लिएर जाने दावी गरेको छ । हिरो गोल्ड कपमा नेपालसंगको हारले टिममा खासै असर नगरेको बताउँदै भारतीय टिमले पाँचौ पटक उपाधि जित्ने लक्ष्य सहित नेपाल आएको बताएको छ ।

बुधबार भएको सेमिफाइनलमा श्रीलंकालाई ४–० ले पराजित गर्दै नेपालले फाइनलको यात्रा पक्का गरेको थियो । भने दोश्रो सेमीफाइनल खेलमा बंगलादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै भारतले नेपालसंगको भेट पक्का गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *