Saturday, January 18, 2025
Home > मुख्य समाचार > पहाडी जिल्लामा होली पर्व मनाइँदै

पहाडी जिल्लामा होली पर्व मनाइँदै

काठमाडौं, ६ फागुन । आज फागु पूर्णिमा अर्थात् होली पर्व । रंगहरुको पर्व फागु अर्थात होली सद्भाव र आत्मीयता साटासाट गरी आज काठमाडौं उपत्यका र पहाडी जिल्लामा मनाइँदैछ ।

वसन्त ऋतुको आगमनको सुरुआतमा पर्ने फागु पर्व एकाआपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भई रंग दलेर मनाइन्छ । सत्ययुगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएको प्रसंग यस पर्वस“ग जोडिएको छ । असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । नेपालको पहाडी क्षेत्रमा फागु पूर्णिमाको दिन होली मनाइन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट मनाइन्छ । यस पर्वमा विकृति बढ्न नदिन आज काठमाडौंलगायत पहाडी जिल्लाहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । यस्तै इच्छाविपरीत रंग दल्ने, मादकपदार्थ सेवन गर्ने जस्ता अवाञ्छित गतिविधि गर्नेहरुलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *