Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > पर्यटन वर्ष २०२० लाई सफल बनाउन विदेशी कूटनीतिक नियोगहरुसँग छलफल

पर्यटन वर्ष २०२० लाई सफल बनाउन विदेशी कूटनीतिक नियोगहरुसँग छलफल

पर्यटन वर्ष २०२० लाई सफल बनाउन सरकारले विदेशी कूटनीतिक नियोगहरुसँग छलफल गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज सबै देशका राजदुतहरुलाई मन्त्रालयमा बोलाएर भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्न अग्रह गर्नुभएको हो । उहाँले आफ्नो मुलुकका नागरिकहरुलाई नेपाल भ्रमण गर्न सुरक्षित रहेको जानकारी दिन आग्रह गर्नुभयो । त्यस्तै पर्यटकहरुको सुरक्षा र गुणस्तरिय सेवाका लागि सरकार आफैले व्यवस्था गर्ने बताउँदै ढुक्क भएर नेपाल भ्रमण गर्न सकिने वातावरण बनेको जानकारी समेत दिनुभयो । सरकारले आगामी जनवरी १ मा राजधानीसहित सबै प्रदेशमा पर्यटन वर्ष २०२० को भव्य उद्घाटन गर्ने तयारी गरेको छ । त्यस्तै जनवरी ७ मा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा पनि पर्यटन वर्षको उद्घाटन गरिने कार्यक्रम रहेको मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *