Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > पत्रकारहरुलाई पक्राउ गर्ने काम प्रति सभापति देउवाद्धारा सरकारको आलोचना

पत्रकारहरुलाई पक्राउ गर्ने काम प्रति सभापति देउवाद्धारा सरकारको आलोचना

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने काम भईरहेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गर्नु भएको छ ।

सभापति देउवाले पत्रकाहरुलाई अदालत परिसर भित्रै गएर पक्राउ गर्ने काम सरकारले गरिरहेकोमा आपत्ति समेत जनाउनु भयो । आज नेपाल पत्रकार महासंघको नेतृत्वले बुढानिलकण्ठमा पुगेर बुझाएको ज्ञापन पत्र बुझ्दै उहाँले अदालत परिसर भित्र गएर पत्रकारहरुलाई पक्राउ गर्नै नमिल्ने पनि स्पष्ट पार्नु भयो । सभापति देउवाले आफ्नो पार्टी प्रेस र अभिव्यक्ति स्वतन्त्रको पक्षमा सदैव उभिएको दावी पनि गर्नु भयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको लागि अनिवार्य सर्त भएकाले आफ्नो पार्टीले त्यसको विपक्षमा सोच्न पनि नसक्ने सभापति देउवाको भनाई छ । सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलनमा आफ्नो पार्टीको साथ रहने पनि बताउनु भयो । महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले सभापति देउवलाई बुझाएको ज्ञापन पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने गरी कानुन, नीति, नियम तय गर्न सरकारको ध्यानाकर्षण गराउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *