Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > पत्रकारहरुको हितमा केन्द्रित भएर सूचना, प्रविधिसम्बन्धि आवश्यक ऐन, कानुन निर्माण गर्न सरकारलाई सुझाव

पत्रकारहरुको हितमा केन्द्रित भएर सूचना, प्रविधिसम्बन्धि आवश्यक ऐन, कानुन निर्माण गर्न सरकारलाई सुझाव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पत्रकारहरुको हितमा केन्द्रित भएर सूचना, प्रविधिसम्बन्धि आवश्यक ऐन, कानुन निर्माण गर्न सरकारलाई सुझाव दिनु भएको छ ।

वरिष्ठ नेता खनालले सूचना प्रविधिको क्षेत्रमा सुधार ल्याउन चीन र भारत दुवै छिमेकी मुलुकसँग आवश्यक छलफल गर्न ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । आजबाट काठमाडौंको टुँडिखेलमा सुरु भएको ‘दोस्रो अन्तराष्ट्रिय प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’को उद्घाटन गर्दै उहाँले सूचना र प्रविधिको क्षेत्रको विकास गरेर मात्रै मुलुकको समृद्धि हुने भएकाले त्यसको विकासमा सरकार केन्द्रित हुनुपर्ने पनि स्पष्ट पार्नु भयो । वरिष्ठ नेता खनालले सूचना र प्रविधिको विकास गर्दा मुलुकको राष्ट्रियतालाई सुदृढ बनाउने विषयमा पनि सरकारले ख्याल गर्नुपर्ने बताउनु भयो । सूचना र प्रविधिको क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्र्याउने उद्देश्यका साथ सो एक्स्पो आयोजना गरिएको नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मीले जानकारी दिनु भयो । ३ दिने एक्स्पोमा प्रिन्टिङसम्बन्धि सामग्रीहरु, फोटो र फोटाग्राफीका लागि आवश्यक नयाँ–नयाँ प्रविधिहरु पनि राखिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *