Sunday, November 24, 2024
Home > राष्ट्रिय समाचार > पत्रकारका समस्याका विषयमा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री राई

पत्रकारका समस्याका विषयमा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री राई

धनकुटा, २७ पुष । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारका समस्याका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालले धनकुटामा आयोजन गरेको श्रमजीवी पत्रकारहरुको अवस्था र पत्रकारहरुको आचारसंहिता विषय प्रदेशस्तरीय छलफल कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राईले आफू सञ्चारमन्त्री भएर समेत काम गरिसकेकोले पत्रकारका समस्या आफूले बुझेको बताउँदै रानैतिक परिवर्तनमा समेत सञ्चार माध्यमको भूमिका ठूलो रहेको र नेपाली मिडियाको अलग्गै पहिचान समेत रहेको बताउनुभयो । प्रदेशस्तरीय छलफल कार्यक्रमबाट आएका सुझाव, समस्याका विषयमा प्रदेश सरकारलाई जानकारी गराउनसमेत आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *