काठमाडौं, २० पुष । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को युवा संगठनले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेको छ ।
नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै क्रान्तिकारी माओवादी निकट युवा लिगका सदस्यले कंसाकारलाई कार्यकक्षमै पुगेर आज मोसो दलका हुन । अपरान्ह ४ बजे कार्यकक्षमै पुगेर युवा लिगका सदस्यले कंसाकारलाई मोसो दलेको केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिनुभयो । क्रान्तिकारी माओवादी निकट युवा लिग नेपालका सदस्यले भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत कंसाकारलाई मोसो दलेको गजुरेलको भनाइ छ । यसैविच महाप्रबन्धक कंसाकारले पाँच लाख माग्दा नदिँदा आफूलाई मोसो दलिएको बताउनु भएको छ। क्रान्तिकारी माओवादीका कार्यकर्ताले मागेको पैसा नदिँदा मोसो दलेको उहाँको भनाइ छ ।