Saturday, January 18, 2025
Home > मुख्य समाचार > ‘नेपाल लगानी सम्मेलन’को सम्पूर्ण तयारी पूरा

‘नेपाल लगानी सम्मेलन’को सम्पूर्ण तयारी पूरा

काठमाडौं, १३ फागुन । सरकारले ‘नेपाल लगानी सम्मेलन’को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

अर्थमन्त्री एवम् नेपाल लगानी सम्मेलन मूल समारोह समितिका संयोजक डा. युवराज खतिवडाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी चैत १५ र १६ गते आयोजना हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने सम्मेलनमा विभिन्न ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६ सयभन्दा बढी विदेशी लगानीकर्ताहरुको उपस्थिति रहनेछ । सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवम् शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्र्नेछ । त्यसैगरी सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गरिने तयारी गरिएको पनि अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

पत्रकार सम्मेलनमा निजी क्षेत्रले पनि सो सम्मेलनलाई सफल बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले मुलुकले समृद्धिको अभियान सुरु गरेकाले त्यसमा आफूहरुले पनि साथ दिँदै आएको पनि स्पष्ट पार्नुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष डा. हरिभक्त शर्माले नेपालमा लगानी भित्रयाउन आफूहरुले पनि सम्मेलनका लागि आवश्यक सहयोग गरिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *