Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपाल र कम्बोडियाबिच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर

नेपाल र कम्बोडियाबिच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडिया भ्रमणका क्रममा दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा र्पुयाउने विषयमा सहमति भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा हस्ताक्षर गर्नुभएकोछ । त्यसैगरी नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा पिस प्यालेसमा भएको समझदारीपत्रमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बरका उपाध्यक्ष लिम गङले हस्ताक्षर गर्नुभएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका कम्बोेडियाली समकक्षी समबेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनबीच राजधानी नोम पेन्हस्थित पिस प्यालेसमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीको सम्मानमा कम्बोडियाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । सो अवसरमा प्रधानमन्त्रीद्वयले पहिले एक्लाएक्लै र पछि प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गर्नुभएको छ । भेटमा दुई देशबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, सहयोग विस्तार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने लगायत विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *