Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > नेपाल-भारत सीमा बिवाद समधान गर्न सरकारले चाँडो पहल गर्नुपर्ने नेता पौडेलको भनाइ

नेपाल-भारत सीमा बिवाद समधान गर्न सरकारले चाँडो पहल गर्नुपर्ने नेता पौडेलको भनाइ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल भारत सीमा बिवाद समधान गर्न सरकारले चाँडो पहल गर्नु पर्ने बताउनु भएको छ ।

इलाम सदरमुकाममा आज स्थानीय तह पार्टी संरचना समायोजन घोषणा सभालाई सम्वोधन गर्दै बरिष्ठ नेता पौडेलले लामो समय देखि कायम रहेको सीमा समस्या हल गर्न सरकारले चाडो कुटनीतिक पहल थाल्नु पर्ने बताउनु भयो । नेता पौडेलले भारत र चीन दुवै तर्फको सिमा समस्या हल गर्ने उपयुक्त समय आएको बताउँदै राष्ट्रियताको सवाल भएकाले सरकारले सीमा समस्या हल गर्न थालेको कदममा रचनात्मक सहयोग गर्न कांग्रेस तयार रहेको बताउनु भयो । उहाँले चुनाव अगाडी केपी शर्मा ओलीले भारतका विषयमा बोले पनि हाल सरकार प्रमुख हुँदा कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले कुनै हालतमा एक इन्च सीमा मिच्न दिन नहुने वताउँदै भारतको हेपाहा प्रबृतिको अन्त्य गर्न सरकारले आँट नगरेको वताउनुभयो । फरक प्रसङ्गमा नेता पौडेलले देशमा भष्ट्राचार, कालोबजारी,हत्या हिंसा मौलाउँदा पनि दुई तिहाईको सरकारले ठोस कदम चाल्न नसकेको आरोप लगाउनुभयो । कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले कम्युनिष्टहरुले संघियतामा विश्वास नगर्ने भएकाले पनि हाल जताततै भ्रष्टाचार मौलाएको वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *