Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपाल प्रहरीका पूर्वप्रमुख रमेश चन्द ठकुरीले गरे आत्मसमर्पण

नेपाल प्रहरीका पूर्वप्रमुख रमेश चन्द ठकुरीले गरे आत्मसमर्पण

काठमाडौं । चर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्वप्रमुख रमेश चन्द ठकुरीले आत्मसमर्पण गरेका छन् । फैसलाको दुई वर्षसम्म ‘फरार’ रहेका उनले आज सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेका हुन् ।

सर्वाेच्च अदालतका तत्कालिन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले दुई वर्षअघि ठकुरीसहित पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) दिपकसिंह थाङदेन, पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक श्रेष्ठ लगायतलाई दोषी ठहर गरेको थियो । राणा, गुरूङ, थाङ्देन र श्रेष्ठ अहिले डिल्लीबजार कारागारमा छन् । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सुडानको डार्फरमा जाने संगठनका सदस्यको वन्दोवस्तीको सामान खरिदमा भ्रष्टाचार गरेको अदालतलृ प्रमाणित गरेको थियो । ठकुरी र गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवाना फैसला भएको भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *