Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपाली ध्वजाबाहक विमानले आगामी भदौ महिना देखि काठमाडौँ जापान सिधा उडान गर्ने

नेपाली ध्वजाबाहक विमानले आगामी भदौ महिना देखि काठमाडौँ जापान सिधा उडान गर्ने

काठमाडौं । नेपाली ध्वजाबाहक विमानले आगामी भदौ महिना देखि काठमाडौँ जापान सिधा उडान गर्ने भएको छ ।

नेपाल वायुसेवा निगमले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ ओसाका काठमाडौँ उडान हुने बताएको हो । आगामी भदौ १२ गतेबाट जापानको ओसाकामा नियमित उडान गर्ने तयारी गरिरहेको निगमले टोकियोमा पनि उडान गर्ने भएको नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले जानकारी दिनु भयो । निगमले साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान गर्ने तालिका रहेको छ । काठमाडौं ओसाकाको उडान समय ६ घण्टा ३० मिनेटको हुने निगमले बताएको छ । यस्तै काठमाडौँ देखि जापानको नारिता विमानस्थल सम्मको उडान सम्बन्धमा पनि धेरै प्रक्रियागत कामहरु भैसकेको निगमले बताएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष खरेलले आगामी जनवरीको पहिलो साता काठमाडौँ टोकियो काठमाडौँ उडान हुन सक्ने बताउनु भयो ।

नारिता विमानस्थलमा उडान गर्न निगमले पठाउनु पर्ने आवश्यक सम्पूर्ण कागजातहरु पठाइसकेको अध्यक्ष खरेलले जानकारी दिनुभयो । निगमले वाईडबडी ल्याएको करिब १४ महिनापछि नयाँ गन्तव्यमा उडान गर्न थालेको हो । निगमले ओसाकामा हुने सबै उडान वाइडवडी ए ३३०–२०० बाट हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *