Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > नेपाली टोपी दिवसमा विराटनगरमा लाखे नाँच

नेपाली टोपी दिवसमा विराटनगरमा लाखे नाँच

विराटनगर, १७ पुष । आज विराटनगरमा पनि नेपाली टोपी दिवस मनाइएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा आबद्ध विभिन्न ग्रुपका युवाहरुले सामूहिक कार्यक्रम आयोजना गर्दै टोपी दिवस मनाएका हुन । ‘नेपाली÷ गोर्खाली हुनुमा गर्व गरौं । नेपालीपनलाई संरक्षण,प्रबद्र्धन र विस्तार गरौं ।’ नारा सहित दिवस मनाइएको हो । सो क्रममा नेपाली टोपी पहिरिएका युवायुवतीहरुले झांकी सहित नगर परिक्रमा गरेका थिए । स्थानिय संसारीमाई स्थान परिसरबाट निकालिएको लाखे नाचसहितको युवायुवतीहरुको र्याली जलजला मोड,गोल्छाचोक हुंदै शनिहाटस्थित विराटनगर महानगरपालिका सम्म पुगेको थियो । त्यहांबाट मेनरोड हुंदै फर्किएको र्याली फेरी संसारीमाई स्थान परिसरमै पुगेर समापन भएको थियो । दौरा,सुरुवाल र ढाका टोपी नेपालीहरुको पहिचान रहेकोले त्यसको जगेर्नागर्न र महत्व झल्काउन नेपाली टोपी दिवसको अवसरमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक सबिन घिमिरेले बताउनुभयो । कार्यक्रममा सिस्टर हुड,दार्ही ग्यांग,बिईंग नेपाली र एम आर आर ग्रुप लगायतका युवायुवती सहभागि भएका थिए । २०७० सालदेखि अंग्रेजी नयां बर्षका दिन यो दिवस मनाउन थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *