Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > नेपाली चियालाई विदेशमा निर्यात गर्न लागि पर्नुपर्ने सभामुख प्रदीपकुमार भण्डारीको भनाई

नेपाली चियालाई विदेशमा निर्यात गर्न लागि पर्नुपर्ने सभामुख प्रदीपकुमार भण्डारीको भनाई

इलाम, १७ पुष । प्रदेश नम्वर १ का सभामुख प्रदीपकुमार भण्डारीले सवै पक्षको सहकार्यमा नेपाली चियालाई विदेशमा निर्यात गर्न लागि पर्नुपर्ने वताउनु भएको छ ।

इलामको माङ्मालुङ् चिया वगान लिमिटेडको २३ औं वार्षिक साधारणसभामा बोल्दै सभामुख भण्डारीले सरकारी पक्षले चिया निर्यातको व्यवस्थापनमा वढी ध्यान पुर्याउनु पर्ने वताउँदै चिया उत्पादन अभियानप्रति खुसी व्यक्त गर्नुभयो ।कार्यक्रममा नेपाल चिया तथा कफि विकास वोर्डका निर्देशक दीपक खनालले नेपालमा चिया खेतीको विस्तारको अनुपातमा विदेशमा निर्यात हुन नसकेको वताउनु भयो । स्थानीय किरात समुदायले बजाएको पञ्चेवाजा सहितको साँस्कृति झाँकीका साथ चिया पर्यटनको सम्भावना देखाइएको कार्यक्रममा त्यहाँका अवकासप्राप्त चिया मजदुर मानवीर राईलाई ५१ हजार रुपैयाँ सहित सम्मानित गरिएको छ । माङ्सेवुङ् गाउपालिका ६ मा अवस्थित माङ्मालुङ् चिया वगानले ५ हजार २१ रोपनी जग्गा खरिद गरी २ हजार १ सय रोपनी क्षेत्रमा चिया लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *