Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपाली कामदार जापान लैजाने विषयमा ‘सहयोग समझदारी पत्र’मा हस्ताक्षर

नेपाली कामदार जापान लैजाने विषयमा ‘सहयोग समझदारी पत्र’मा हस्ताक्षर

काठमाडौं, ११ फागुन । जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच ‘सहयोग समझदारी पत्र’मा हस्ताक्षर भएको छ ।

आज काठमाडौंमा एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानका राजदुत मासामिची साईगोले सो समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो । यो समझदारीसँगै जापानले पहिलो पटक सोझै नेपाली कामदारलाई श्रम भिसामा आफ्नो मुलुक लैजाने बाटो खुला भएको छ । समझदारी अनुसार जापानले आगामी अप्रिल १ देखि नेपालसहित ९ वटा देशका दक्ष कामदारलाई लैजाने निर्णय गरेको छ । जापानी पक्षले लिने जापानी भाषा र सीप परिक्षा उतीर्ण गरेका नेपाली कामदारलाई जापान पठाउने गरी समझदारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जानकारी दिनु भयो । उहाँले नेपाली कामदारलाई सोझै जापान लैजाने जापान सरकारको निर्णयप्रति आभार पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपालका लागि जापानी राजदुत साईगोले दुवै मुलुकको सरकारी निकायले छनौट गरेका नेपाली कामदारलाई जापान लैजाने निर्णय लिइएको पनि बताउनुभयो । समझदारी अनुसार जापानले दक्ष र अदक्ष दुवै कामदार लैजानेछ । ५ वर्ष भित्र ३ लाख ४२ हजार दक्ष, अदक्ष विदेशी कामदारलाई रोजगार दिने नीति लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *