Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपालसँग भारतको उत्तर प्रदेशको सीमा जोडिएका विभिन्न जिल्लाहरूमा सीमा नाकाहरू बन्द !

नेपालसँग भारतको उत्तर प्रदेशको सीमा जोडिएका विभिन्न जिल्लाहरूमा सीमा नाकाहरू बन्द !

भारतको अयोध्याको राम जन्मभूमि–बाबरी मस्जिद भूमि विवाद मुद्दामा सर्वोच्च अदालतको फैसलालाई मध्यनजर गर्दे भारतीय केन्द्र सरकारले सबै राज्यसँग अलर्ट रहन र सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरेको छ ।

भारतले यसै विषयलाई लिएर नेपाल सरकारसँग थप सुरक्षा व्यवस्था गर्न र नाकामा हुनसक्ने सुरक्षा संवेदनशीलताप्रति सजग गराएको छ । नेपालसँग भारतको उत्तर प्रदेशको सीमा जोडिएका विभिन्न जिल्लाहरूमा सीमा नाकाहरू बन्द गरिएको छ । भारतको सर्वोच्च अदालतले फैैसला अघि नै भारत सरकारको अनुरोधमा कपिलवस्तुका सीमा नाका बन्द गर्ने निर्णय गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनु भयो । अवस्था हेरिकन सीमा नाका खोलिने जिल्ला प्रशासन कार्र्यालय कपिलवस्तुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *