Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपाललाई ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’

नेपाललाई ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’

काठमाडौं । नेपालले अन्तर्राष्ट्रियस्तरको ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्राप्त गरेको छ ।

वल्र्ड फ्यूचर काउन्सिल र संयुक्त राष्ट्र संघीय विकास नियोगसँगको सहकार्यमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्धन्द्ध व्यवस्थापन तथा युवा सहभागिता र अधिकारबारे हासिल गरेको सफलताको पहिचान गरी नेपाललाई सो अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो । सर्बियामा आयोजित वल्र्ड फ्यूचर काउन्सिलको १४१ आंै सम्मेलनका क्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई नेपालले प्राप्त गरेको सो अवार्ड प्रदान गरिएको थियो । सोही अवार्ड आज अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक समारोहकाबीच हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले विश्वस्तरको सो अवार्ड शान्ति, समावेशिता र विकास नीतिमा नेपालले लिएको सही बाटोको सम्मान भएको उल्लेख गर्दै सम्पूर्ण नेपाली जनतालाई बधाई दिनुभयो । उहाँले नेपालको संविधानले शान्ति, समानता र विकासको क्षेत्रमा लिएको भविष्यसम्बन्धि सही नीतिको सम्मानको रुपमा आफूले सो अवार्डलाई लिएको पनि स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *