Saturday, January 18, 2025
Home > Uncategorized > नेपालमा वृद्धभत्ता, भारतमा रासन कार्ड

नेपालमा वृद्धभत्ता, भारतमा रासन कार्ड

२७, बैशाख, विराटनगर । सुनसरी इनरुवाका व्यापारी छगनलाल शर्माले नेपाल र भारतको दोहोरो नागरिकता लिएको पाइएको छ । इनरुवा बजारमा सुरज फैन्सी स्टोर कपडा पसल संचालन गरेर बसेका उनले ३४ वर्षको उमेरमा २०३४ सालमा नेपालमा बंशजको नागरिकता लिएका थिए । उनको नेपालको नागरिकता नम्बर ६२५६÷२७१९ रहे पनि अझै भारतको नागरिकता त्यागेका छैनन् । भारतीय मतदाता परिचयपत्र नम्बर आइएक्सक्यू÷०३३०५१९ रहेको उनको भारतको राजस्थानस्थित बेकानेर जिल्ला वार्ड नम्बर २७ मा (नारायण निवास घर नम्बर २७६ के) दुइतल्ले घर छ । उक्त घर उनकी श्रीमती स्वर्गीय सुशिलादेवीको नाममा छ । सुशिलादवीले पनि नेपालको नागरिकता लिएको देखिन्छ । २०००००८१०६८६ नम्बरको रासनकार्ड लिएका छगनलालले २०२९४ नम्बरको मगनलाल रामावतको पसलबाट भारत सरकारले दिने रासन लिने गरेको देखिएको छ । छगनलालले २०१७ मा राजस्थानको बेकानेर जिल्लामा विधानसभा निर्वाचन क्षेत्र नम्बर १३ मा उनले मतदान गरेको समेत भारतीय निर्वाचन आयोगको वेवसाइटमा देखिन्छ । त्यस्तै उनले नेपालमा पनि मतदान गरेको देखिन्छ । १६७१९७१ नम्बर मतदाता परिचयपत्र लिएका उनले इनरुवाको भगवती माविमा रहेको निर्वाचन केन्द्रबाट मतदान गरेको देखिन्छ । उनले भारतको रासनकार्डको सुविधा लिनुका साथै नेपालमा बृद्धभत्तासमेत खाइरहेका छन् । उनको मात्रै हैन उनका तीनजना छोरा र उनीहरुका श्रीमतीको समेत दोहोरो नागरिकता देखिएको छ । छगनलालका छोराहरुलेपनि वंशजको नागरिकता लिएका छन् । उनका जेठा छोरा रमेशकुमारले पनि भारतीय रासनकार्ड र नागरिकता लिएका छन् । २०००००८५३८५ नम्बरको रासनकार्ड लिएका उनले पनि मगनलाल रामावतको पसल नम्बर २०२९४ बाट रासन लिने गरेको देखिएको छ । साथै १५४४६८७ नम्बरको नेपालको मतदाता परिचयपत्र लिएका रमेशले इनरुवाको भगवती माविमा रहेको निर्वाचन केन्द्रबाट मतदान गरेको देखिन्छ । ०३३०५३७ नम्बरको भारतीय मतदाता नम्बर रहेको उनले भारतको निर्वाचनमा समेत भाग लिएको देखिन्छ । त्यस्ता छगनलालका अर्का छोरा सुरेशको पनि २०००००१०८३५८ नम्बरको रासन कार्ड छ । उनले भने २०२९५ नम्बरको चेतनदास आचार्यको पसलबाट रासन लिने गरेको देखिन्छ । निर्वाचन आयोग नेपालको वेवसाइटमा उनको मतदाता परिचयपत्र १५४४६८८ नम्बरमा देखिन्छ । नेपालको निर्वाचनमा भाग लिएका उनले भारतका निर्वाचनमा पनि मतदान गर्ने गरेको देखिन्छ । भारतीय निर्वाचन आयोगको वेवसाइटमा ०३३०५५५ नम्बरमा उनको नाम देखिन्छ । त्यस्तै उनका कान्छा छोरा आषिशको पनि दोहोरो नागरिकता छ । ०३३०५७३ नम्बरको भारतीय मतदाता परिचयपत्र लिएका आषिशको १६७१९६७ नम्बरको नेपाली मतदाता परिचयपत्र छ । वैवाहिक अंगीकृत नागरिकता लिएका सुरेश र रमेशका श्रीमती विणादेवी र गायत्रीदेवीले पनि भारतको नागरिकता त्यागेको देखिदैन । छगनलाल इनरुवाका प्रतिष्ठित व्यापारी हुन् । रेडक्रस सुनसरी, इनरुवा सत्यनारायण मन्दीर लगायतका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर काम गरेका उनले भर्खरै भारतको राजधानी दिल्लीमा नयाँ फ्ल्याट खरिद गरेको बताइएको छ । रेडक्रस सुनसरीमा रहँदा उनले २०६४ मा आएको कोशी बाढीपीडितको राहतमा घोटाला गरेको अख्तियारमा मुद्दासमेत चलेको थियो । धेरैजसो समय दील्लीमै बस्ने गरेका उनी बृद्धभत्ता थाप्न मात्रै नेपाल आउने गरेको स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *