Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > नेपालमा बालअधिकार हनन्को घटना बढ्दै गएको तथ्यांक सार्वजनिक

नेपालमा बालअधिकार हनन्को घटना बढ्दै गएको तथ्यांक सार्वजनिक

राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा बालअधिकार हनन्को घटना बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले नेपालमा वर्षेनी बाल अधिकार हनन्को घटना बढ्दै गएको जानकारी दिनु भएको हो । उहाँले हाल २ हजार ३ सय ३० जना बालबालिका हराइरहेको उल्लेख गर्दै उनीहरुको अवस्थाबारे सरकार समेत बेखवर रहेको पनि स्पष्ट पार्नुभयो । यसबारे गैर सरकारी संस्थाहरुले पनि वास्ता नगरेको आयोगको निष्कर्ष छ ।

आयोगले बाल अधिकार हनन्को घटना हुन नदिन अर्बौैको डलर देश भित्रयाएको सरकार उनीहरुको दयनीय अवस्थाबारे बेखर हुनु दुःखद् भएको टिप्पणी पनि गरेको छ । आयोगकी प्रवक्ता अन्सारीले सरकारसँग बाल अधिकार हनन्का घटनाबारे कुनै जानकारी नै नभएको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *