Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्र्न विश्व बैंकको सुझाव

नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्र्न विश्व बैंकको सुझाव

काठमाडौं, ४ माघ । विश्व बैंकले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यक्ता औंल्याएको छ ।

शैक्षिक क्षेत्रको सुधारमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको विश्व बैंकले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यक्ता औंल्याएको हो । शिक्षाको पहुँच विस्तारमा भने नेपालको अवस्थामा उल्लेख्य सुधार आएको विश्व बैंकको निष्कर्ष छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विश्व बैंकका प्राक्टिस म्यानेजर क्रिष्टियन एईडोले लैंगिक दृष्टिकोणले हेर्ने हो भने पनि नेपालको शैक्षिक अवस्था समदुरीमा रहेको उल्लेख गर्नु भयो । उहाँले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्न दूर्गम भेगका विद्यालय तहको शिक्षालाई पनि प्रविधिमैत्री बनाउनुपर्नेमा पनि जोड दिनु भयो । कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले मुलुकको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षण सिकाई क्रियाकलापमै परिवर्तन गर्नुपर्नेमा जोड दिनु भयो । विश्व बैंकले नेपालको विद्यालय तह र उच्च शिक्षाको गुणस्तर सुधारमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *