Monday, November 25, 2024
Home > मुख्य समाचार > नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

विश्व बंंैंकले आज काठमाडौंमा सार्वजनिक गरेको नेपालको आर्थिक अवस्थासहितको प्रतिवेदनमा चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको हो । नेपालको अर्थतन्त्र दू्रत गतिमा अघि बढिरहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्वका दुई शक्तिशाली अर्थतन्त्र भएको दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिन सके नेपालको आर्थिक विकासले झनै फड्को मार्ने देखिएको पनि बैंकका दक्षिण एशीयाका वरिष्ठ अर्थशाष्त्री हान्स टिम्मेरले जानकारी दिनु भयो । बैंकले पर्यटकको आगमनमा वृद्धि, विद्युत आपूर्तिमा सहज तथा निजी क्षेत्रको लगानीमा भएको विस्तारका कारण व्यापार घाटा बढ्दै जाँदा पनि नेपालको आर्थिक वृद्धिदरमा कमी हुन आउने सम्भावना नदेखिएको पनि स्पष्ट पारेको छ । सरकारी खर्च भने यो वर्ष निराशाजनक हुने विश्व बैंकको ठहर छ । प्रतिवेदनमा तीन वटै तहमा बलियो सरकार बन्नु नेपालको आर्थिक क्षेत्रको विकासका लागि अवसर भएको पनि उल्लेख गरिएको छ । कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको व्यापार घाटा बढदै गएपनि चिन्तित हुनुपर्ने अवस्था नरहेको बताउनु भयो । उहाँले आर्थिक गतिविधि बढाउँदा हुन गएको व्यापार घाटाबाट देशलाई घाटा नभई लाभ नै हुने पनि स्पष्ट पार्नु भयो । अर्थमन्त्री खतिवडाले सीमित स्रोत भित्र रहेर सरकारले वित्तिय अनशासनलाई पूर्ण पालना गरेको दावी गर्नु भयो ।

अर्थमन्त्री खतिवडाले सरकारले आन्तरिक उत्पादनलाई जोड दिएको उल्लेख गर्दै त्यसबाट केही वर्ष भित्र व्यापार घाटा अन्त्य गर्ने दावी पनि गर्नु भयो । निरन्तर रुपमा भईरहेको आर्थिक वृद्धिदरलाई कायम राख्न सरकारले विशेष ध्यान दिने अर्थमन्त्री खतिवडाको भनाई छ । अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासमा जोड दिन सरकारले कृषि क्षेत्रमा आधारित उद्योग र विद्युत उत्पादनको कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *