Saturday, January 18, 2025
Home > आर्थिक समाचार > नेपालका लागि दुबइका राजदुतसँग उद्योगीहरुको छलफल

नेपालका लागि दुबइका राजदुतसँग उद्योगीहरुको छलफल

विराटनगर । उद्योग संगठन मोरंग र मोरंग व्यापार संघले नेपालका लागि दुबइका राजदुत सईद एच.एम अल हन्तोवी अल नक्वीसँग व्यापारिक हितका सम्वन्धमा छलफल गरेको छ ।

छलफलका क्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले अरवका लगानीकर्तालाई नेपालमा लगानी गर्न दुतावासलाइ पहल र समन्वय गर्न अनुरोध गर्नुभयो । मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले विराटनगरमा प्रदर्शनीस्थल र अडिटोरियम निर्माणमा सहयोग पुर्याउन राजदूतलाई आग्रह गर्नुभयो । राजदूत अल नक्वीले नेपाल र अरब ईमिराट्स वीच अत्यन्त सौहाद्रपूर्ण सम्वन्ध भएको र दुवै देश वीच लगानीका क्षेत्रमा प्रचुर सम्भावना रहेको वताउनु भयो कार्यक्रममा जिल्ला समन्वय समिति मोरंगका प्रमुख नरेश पोखरेल, दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, नेपाली कांग्रेसका जिल्ला सचिव मोदराज घिमिरे लगायतले सहयोगका लागि राजदूत नक्वी अनुरोध गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *