Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेकपा समर्थित युवाहरुबाट भएको आक्रमणको घटनाको भत्र्सना

नेकपा समर्थित युवाहरुबाट भएको आक्रमणको घटनाको भत्र्सना

ललितपुर । नेपाली कांग्रेसले जागरण अभियानका क्रममा विहिबार बाँकेमा सत्तारुढ दल नेकपा समर्थित युवाहरुबाट भएको आक्रमणको घटनाको भत्र्सना गर्दे गम्भीर आपत्ति जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको भत्र्सना गर्दै भविश्यमा यस्तो क्रियाकलाप नदोहोर्याउन पनि सरकारलाई चेतावनी दिनुभएको हो । जागरण अभियान कार्यक्रमलाई विथोल्नका लागि सत्तारुढ दलका कार्यकर्ताबाट भएको आक्रमणको घटनालाई कांग्रेसले घटनाको रुपमा मात्रै नभई प्रवृत्तिको रुपमा विश्लेषण गरेको भन्दै उहाँले प्रतिपक्षी दलप्रति जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो । कांग्रेसले जागरण अभियानका क्रममा केन्द्रदेखि स्थानीय तहसम्ममा भ्रष्टाचारका घटनालाई केन्द्रीय भागमा राखेर उठाउदै आएकाले कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु तिलमिलाएर आक्रमणमा उत्रेको टिप्पणी उहाँले गर्नुभयो । यसैबीच गृहमन्त्री रामबहादुर थापाले आज बिहान संसदीय समितिमा बोल्दै बाँके घटनामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिईसकेको तथा अन्य दोषीहरुको खोजी भईरहेको बताउनुभएको थियो ।

बाँकेको खजुरा गाँउपालिका वडा नम्बर २ को सितापुरमा कांग्रेसको जागरण अभियान चलिरहेका बेला युवाहरुको समूह प्रवेश गरि आक्रमण गर्दा जिल्ला सभापति किरण कोइराला घाईते हुनुभएको थियो । आक्रमणबाट उहाँको हात भाँच्चिएको र अन्य कार्यकर्ता पनि घाईते भएको कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *