Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेकपाले टुंग्यायो सबै प्रदेश प्रमुखको नाम

नेकपाले टुंग्यायो सबै प्रदेश प्रमुखको नाम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ ।

आज बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नाम टुंगो लगाएसँगै अब मन्त्रिपरिषद बैठक बसेर उनीहरुको नाम अनुमोदन गरिने छ । मन्त्रिपरिषदले निर्णय गरी नाम राष्ट्रपतिसमक्ष सिफारिश गरेपछि राष्ट्रपतिबाट सातै प्रदेशका प्रमुखलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । नेकपा सचिवालय बैठकले टुंगो लगाएको नाममा चितवनका अमिक शेरचन ,कास्कीका सोमनाथ अधिकारी,बाँकेका तिलक परियार, सिरहाका धर्मनाथ यादव रहनु भएको छ । यसैगरी गोविन्द कलौनी डडेल्धुरा, शर्मिला त्रिपाठी काठमाडौं र झापाका विष्णु प्रसाईँको नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिइएको भन्नेचाहिं खुलाइएको छैन । प्रदेशको जिम्मेवारी भने मन्त्रिपरिषद्ले तोक्ने जनाइएको छ । सरकारले आइतवार सातै प्रदेशका प्रमुखलाई एकसाथ बर्खास्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *