Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट वितरणमा राष्ट्रियसभाका अध्यक्षको असन्तुष्टि

निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट वितरणमा राष्ट्रियसभाका अध्यक्षको असन्तुष्टि

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुले निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट माग्ने गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले संघ र प्रदेशका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा पनि निर्वाचन क्षेत्र विकास कोषका लागि ४ करोडसम्मको बजेट माग्ने काम संघीयताविरोधी भएको उल्लेख गर्दै आपत्तिसमेत जनाउनुभयो । आज संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले स्थानीय तह र प्रदेशमा समेत जनप्रतिनिधिहरु रहेकाले अव सांसदहरुले निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट माग्न नमिल्ने पनि स्पष्ट पार्नु भयो । सांसदहरुले आफू खुसी खर्च गर्न बजेट मागे त्यसले संघीयतालाई बलियो नभई कमजोर बनाउने अध्यक्ष तिमिल्सिनाको तर्क छ ।

अध्यक्ष तिमिल्सिनाले प्रदेश र स्थानीय सरकारलाई आर्थिक अधिकारसहितको कानुन निर्माण र कार्यान्वयनको तहमा संघीय सरकारलाई सचेत गराउन पनि संसदीय समितिहरुको ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *