Saturday, January 18, 2025
Home > मुख्य समाचार > नाम्जे–थुम्की सामुदायीक होम स्टे बर्षकै उत्कृष्ट सामुदायीक होम स्टे

नाम्जे–थुम्की सामुदायीक होम स्टे बर्षकै उत्कृष्ट सामुदायीक होम स्टे

धनकुटा र धनकुटाको साँगुरिगढि गाउँपालिकामा रहेको नाम्जे–थुम्की सामुदायीक होम स्टे बर्षकै उत्कृष्ठ सामुदायीक होम स्टे ठहरिएको छ ।

नेपाल भ्रमण बर्ष २०२० को पूर्वसंन्ध्यामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उत्कृष्ठ होमस्टे सेवा प्रदान गरेको भन्दै प्रशंसा र प्रमाण पत्र प्रदान गरेको हो । आठ बर्ष अघिबाट होम स्टे अर्थात घरवास कार्यक्रम सुरु गरेका यहाँका स्थानियले अहिले नाम्जे गाउँमा पुग्ने आन्तरिक र बाह्य पर्यटकलाई स्थानिय उत्पादनका परिकार, खानपान र मगरहरुको मौलिक हुर्रा नाच देखाएर स्वागत गर्ने गरेका छन् । अर्गानिक उत्पादन र मगरहरुको मौलिक संस्कृति प्रबद्र्धनका लागि चिनिएको यस स्थानलाई आठ वर्ष पहिला अमेरिकि सामाचार संस्था सिएन्एन्ले नाम्जे गाउँलाई घुम्नै पर्ने विश्वका १२ वटा गन्तव्यको सूचिमा सुचिकृत गरेको थियो मगरजातिहरुको बाहुल्यता रहेको नाम्जे र थुम्की टोलका २२ घरमा होम स्टे संचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *