Saturday, January 18, 2025
Home > मुख्य समाचार > नागरिकता सम्बन्धी विधेयकमा कांग्रेसको लिखित असहमति

नागरिकता सम्बन्धी विधेयकमा कांग्रेसको लिखित असहमति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकता सम्बन्धी विधेयकमा लिखित असहमति जनाएको छ ।  प्रतिनिधिसभा अन्र्तगतको राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक मा वैवाहिक अंगीकृत नागरिकता प्राप्ती सम्बन्धी व्यवस्थामा कांग्रेसले असहमति जनाएको हो । समिति सभापति शशि श्रेष्ठले नेपाली पुरुषसंग विहे गरेर आउने विदेशी महिलालाई दिईने वैवाहिक अंगीकृत नागरिकताका लागि ७ बर्ष राख्ने संशोधिन प्रस्ताव गरेपछि कांग्रेसले असहमति जनाएको हो । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पार्टीको तर्फबाट फरक मत पढेर सुनाउदै सभापति श्रेष्ठलाई बुझाउनुभएको थियो । कांग्रेसले नागरिकता प्राप्तिका लागि धेरै लामो समय राख्दा संबैधानिक एवम् सामाजिक जटिलताहरु समेत श्रृजना हुन सक्ने भन्दै २०६३ कै व्यवस्था राखिनुपर्ने माग गरेको छ । त्यसैगरी समाजवादी पार्टी नेपालका सांसद रामसहाय यादवले पनि वैवाहिक अंगिकृत नागरिकताको सवालमा प्रस्तावित व्यवस्थामा असहमति जनाएको छ । नेपाली कांग्रेसले सभापतिलाई बुझाएको लिखित असहमति पत्रमा कांग्रेसका तर्फबाट समितिमा रहेका केही सांसदहरुको मात्रै हस्ताक्षर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *