Saturday, January 18, 2025
Home > मुख्य समाचार > नवनियुक्त प्रधानन्यायाधीश जबराद्वारा सपथ

नवनियुक्त प्रधानन्यायाधीश जबराद्वारा सपथ

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आज बिहान एक समारोहका बीच नवनियुक्त प्रधानन्यायाधीश जबरालाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो । हिजो मंगलबार संसदीय सुनुवाई विशेष समितिले जबरालाई प्रधानन्यायाधिशमा सर्वसम्मत अनुमोदन गरेको थियो । सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दलका नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो । २०१४ साल मंसीर २८ गते काठमाडौंमा जन्मनु भएका नवनियुक्त प्रधानन्यायाधीश जबराले २०३६ सालदेखि कानुन व्यवसायमा प्रवेश गर्नुभएको थियो । २०५२ सालसम्म कानुन व्यवसायमा संलग्न उहाँ त्यसपछि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त हुनुभएको थियो । पुनरावेदन अदालतमा रहँदा ४ हजार ५ सय मुद्दा फैसला गर्नुभएका नवनियुक्त प्रधानन्यायाधीश जबराले २०७१ साल जेठ १३ गते सर्वोच्च अदालतमा न्यायाधीश हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *