Saturday, January 18, 2025
Home > मुख्य समाचार > नयाँ सुरक्षा रणनिति बनाउन प्र्रदेशस्तरीय सुरक्षा गोष्ठी

नयाँ सुरक्षा रणनिति बनाउन प्र्रदेशस्तरीय सुरक्षा गोष्ठी

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले सबै निकायहरुको समन्वयमा मात्र सबैप्रकारका सुरक्षा चुनौतीहरुको सामना गर्न सकिने बताउनुभएको छ । गुह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश १ द्वारा संयुक्तरुपमा विराटनगरमा आयोजना गरिएको प्र्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै उहांले प्रदेश भित्रका सुरक्षा चुनौतीहरु सरोकारवाला सबैको सहकार्यमा मात्र समाधान गर्न सकिने बताउनुभयो ।
सुरक्षा चुनौतीहरुबाट प्रदेश–१ समेत अछुतो नरहेको बताउदै उहाँले प्रदेशमा चन्दा आतंक,मानव बेचबिखन,लागु औषध ओसारपसार,साइबर अपराध जस्ता संगठित अपराधहरु विद्यमान रहेको बताउनुभयो । उहांले हत्या,लुटपाट र चोरी जस्ता सामाजिक अपराधहरुको साथै पछिल्लो देशब्यापीरुपमा देखिएको डेंगूको महामारीले प्रदेश १ नै सबभन्दा बढी आक्रांत रहेको बताउनुभयो । अरु थुप्रै प्रकारका चुनौतीहरु रहेको बताउदै मुख्यमन्त्री राईले यी सवै चुनौतीहरु समाधान गर्न सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको विचार ब्यक्त गर्नुभयो ।
उहांले प्रदेशस्थित सुरक्षा निकायलाई थप सुदृढ बनाउन भौतिक संरचना निर्माण देखि आवश्यक सवारीसाधन समेत प्रदेश सरकारले उपलब्ध गराएको बताउनुभयो । मुख्यमन्त्री राईले भ्रष्टाचार नियन्त्रण गर्न प्रदेश सरकारले शुन्य सहनशिलता अपनाएको बताउदै भ्रष्टाचार र अनियमितता पुष्टि भए एक घन्टा भित्र एक्सन लिने आफ्नो अडान समेत दोहोर्याउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका आइजीपीसहित प्रदेशस्थित १४ जिल्लाका सुरक्षा निकाय र प्रशासन प्रमुखको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *