Friday, November 22, 2024
Home > मुख्य समाचार > नक्कली नोट बनाउने मेसिनसहित एक गिरोह पक्राउ

नक्कली नोट बनाउने मेसिनसहित एक गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले नक्कली नोट बनाउने मेसिनसहित एक गिरोह पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि सुरु गरेको अप्रेशन क्लिन वौद्ध अभियान अन्र्तगत आज सो गिरोह नक्कली नोट र मेसिनसहित पक्राउ परेको हो । आज बिहान ६ बजे विशेष अप्रेशन अन्र्तगत काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा ६ नयाँ बस्ती विपुल चोकमा रहेको रोशन दवाडीको घरको दोश्रो तलमा भाडामा बस्ने पुथ्वीराज भन्ने राजन परियारसहितको टोलीलाई रगेंहात पक्राउ गरेको बौद्ध प्रहरीले जनाएको छ । सो अवसरमा विभिन्न १६ वटा नोट बनाउने सामग्रीहरु भेटिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *