Saturday, January 18, 2025
Home > मुख्य समाचार > धरान उपमहानगरपालिकाको मेयर पदका लागि भएको निर्वाचनमा ५९.४१ प्रतिशत मत खस्यो

धरान उपमहानगरपालिकाको मेयर पदका लागि भएको निर्वाचनमा ५९.४१ प्रतिशत मत खस्यो

धरान उपमहानगरपालिकाको मेयर पदका लागि भएको निर्वाचनमा ५९.४१ प्रतिशत मात्र मत खसेको छ ।

धरानमा २८ मतदान स्थलका ९९ मतकेन्द्रमा भएको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार सर्वदलिय सहमती अनुसार आजै बेलुकी १० बजेदेखि मत गणना सुरु गरिनेछ । २०७४ साल असार १४ गते भएको निर्वाचनमा ६७.८६ प्रतिशत मत खसेको थियो । गत निर्वाचनमा ७९ हजार २ सय ९० मतदाता रहेकोमा ५३ हजार ८ सय १२ मत खसेको थियो । यस पटक ९२ हजार ८ सय ५३ मतदाता रहेको मध्ये धरानमा ५५ हजार १ सय ६३ मत खसेको निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिनुभयो । धरानको ७ नं. वडामा १ हजार ३ सय ३१ मत खसेको छ । धरानका तत्कालिन मेयर तारा सुब्बा र वडा नं ७ का अध्यक्ष भुवन मोक्तानको एक बर्ष कार्यकाल नबित्दै निधन भएपछि अहिले उपनिर्वाचन भएको हो । धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेकपाका प्रकाश राई र नेपाली कांग्रेसका तिलक राईबीच कडा प्रतिष्पर्धा हुने आंकलन गरिएको छ । धरान उपमहानगरपालिकाको प्रमुख र वडा नं ७ का अध्यक्ष पदका लागि निर्वाचन भएको थियो । मेयर पदका लागि दलका १३ जना र स्वतन्त्र गरी धरानमा २३ जनाको उमेद्धारी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *