Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > ‘धरहरा पुनर्निर्माणको काम ३२ प्रतिशत सकियो’

‘धरहरा पुनर्निर्माणको काम ३२ प्रतिशत सकियो’

भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माण तीव्र गतिमा अगाडि बढेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहरा पुननिर्माणको काम तीव्र गतिमा अगाडी बढेको बताउनुभएको हो । तेस्रो तलासम्म ढलानका काम सम्पन्न भएको धरहराको अहिलेसम्म ३२ प्रतिशत काम सकिएको छ । अहिलेसम्म अण्डरग्राउण्डको काम भएकाले बाहिर नदेखिएपनि अब हरेक २ हप्तामा १ तला बनाउने गरि काम अगाडि बढेको उहाँले बताउनुभयो । प्रमुख ज्ञवालीले पुननिर्माण गर्नुपर्ने ७ हजार ५५३ विद्यालय भवनमध्ये ५ हजार ३४८ भवन निर्माण सम्पन्न भएको, १८ सय १६ पुननिर्माणको क्रममा रहेको र ३८९ भवन पुननिर्माण हुन बाँकी रहेको बताउनुभयो । विद्यालय भवनहरुको पुर्ननिर्माण उल्लेख्य देखिएपनि कक्षाकोठाको भने संख्यात्मक रुपमा कम निर्माण भएका छन् । धेरै कक्षाकोठा बनाउनुपर्ने अवस्था आएकाले स्रोत व्यवस्थापनमा समस्या देखिएको र अर्को वर्ष थप गर्ने गरि ४ कोठा माग भएका ठाउँमा २ वा ३ वटा कक्षाकोठा निर्माण गरिएको उहाँले बताउनुभयो ।

१ हजार १९७ स्वास्थ्य संस्थामध्ये ६६५ स्वास्थ्य संस्थाको पुर्ननिर्माण सम्पन्न भएको, १४९ पुर्ननिर्माणको क्रममा रहेको र ३८३ पुर्ननिर्माण सुरु हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *