Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > धनुषामा चालू आर्थिक वर्षमा ३५ प्रतिशत विद्युत चुहावट

धनुषामा चालू आर्थिक वर्षमा ३५ प्रतिशत विद्युत चुहावट

जनकपुर, २४ पुष । नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रले चालू आर्थिक वर्षमा ३५ प्रतिशत विद्युत चुहावट भईरहेको स्वीकार गरेको छ ।

धनुषामा यस आर्थिक बर्षमा विद्युत चुहावटलाई २८ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । नेपाल विद्युत प्रधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डलका अनुसार चालू आर्थिक वर्षमा ७ प्रतिशत विद्युत चुहावट नियन्त्रण गर्न बाँकी रहेकाले सो अभियानलाई निरन्तरता दिई जिल्लाको विद्युत आपूर्ति नियमित र व्यवस्थित गर्नेतर्फ प्राधिकरण लागेको बताउनुभयो । स्थानीय निकायले प्रयास गरे जिल्लामा जनताले नियमित विद्युत् सेवा पाउने र चुहावटलाई नियन्त्रण गर्ने सकिने उहाँको भनाई छ । धनुषामा यस वर्ष चुहावट नियन्त्रण गर्ने क्रममा स्थानीय तहले गरेको अनुगमनले सिंगल फेज तर्फ २ हजार ५ सय ८५ वटा मिटरमा कारवाही गरिएको छ भने थ्रि फेज तर्फ ३ सय ९० र टियुडी मिटर तर्फ ८ जनालाई कारवाही गरिएको प्रमुख मण्डलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *