Saturday, January 18, 2025
Home > मुख्य समाचार > धनपालथान गाँउपालिका–२ मा ८०.६० प्रतिशत मत खस्यो

धनपालथान गाँउपालिका–२ मा ८०.६० प्रतिशत मत खस्यो

मोरङको धनपाल थान गाँउपालिका–२ को वडाध्यक्ष पदकालागि आज भएको उपनिर्वाचनमा ८० दशमलव ६० प्रतिशत मत खसेको छ ।

सो वडामा रहेको ४ हजार ७४ मतमध्ये ३ हजार २ सय ८४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मत गणना सम्पन्न भएपछि गाँउपालिकामा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिकाहरु ओसारि सकिएको छ । त्यहाँ आजै राति मतगणना हुने जनाइएको छ । सो वडाको वडाध्यक्ष पदकालागि ७ जनाले उम्मेदवारी दिएपनि अन्तिम समयमा राजपाका उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएपछि ६ जनाबीच प्रतिस्पर्धा हुनेछ । सो वडामा नेकपाको तर्फबाट पंकजकुमार मण्डल,नेपाली काँग्रेसबाट नारायणकुमार साह,राप्रपाबाट ज्योति पासवान,नेपाल लोकतान्त्रिक पार्टीबाट देवनारायण मण्डल,मंगोल अर्गनाईजेनबाट मेघनाथ पासवान र जनमत पार्टीबाट चन्द्रादेवी मण्डलले उम्मेद्वारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *