धनकुटा । धनकुटामा प्रदेश १ का मुख्यमन्त्रीको सम्पर्क कार्यलयको स्थापना गरिएको छ ।
कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले अबको निकास आर्थिक विकास भएकाले बिकासको नयाँ मोडल आवश्यक रहेको बताउनुभयो । प्रतिफल आउने तरिकाबाट बजेट खर्च गर्नुपर्ने बताउँदै उहाँले आधुनिक तथा दिगो ढङ्गवाट बिकास निर्माणका गर्नुपर्नेमा जोड दिनुभयो । साविक क्षेत्रीय प्रशासन कार्यलयमा कार्यलय स्थापना गरिएको हो । सम्पर्क कार्यालयमा मन्त्रीपरिषदको बैठक पनि सञ्चालन गरिने जनाइएको छ । मुख्यमन्त्री राईले धनकुटामा यातायात कार्यलयको समेत उद्घाटन गर्नुभयो । धनकुटासहित तेह्थुम भोजपुर र संखुवासभा जिल्ला हेर्नेगरि कार्यालय स्थापना गरिएको हो ।