Saturday, January 18, 2025
Home > मुख्य समाचार > द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार प्रहरी नियन्त्रणमा

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार प्रहरी नियन्त्रणमा

विराटनगर, ३० पुष । आफूहरुको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन काठमाडौंको माईतीघर मण्डलामा अनिश्चितकालीन धर्नामा बसेका द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।

आज बिहान धर्ना स्थलबाट र्यालीसहित सिंहदरबारको मूलगेटतर्फ जब्बरजस्ती अगाडि बढन खोजेपछि अनिश्चतकालीन धर्नामा बसेका द्वन्द्धपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ६ दिनयता धर्नामा बस्दै आएका उनीहरुले सोमबार बिहान सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै निषेधित क्षेत्र सिंहदरबारको मूलगेटतर्फ अघि बढन खोजेका थिए । त्यसलाई रोक्ने क्रममा प्रर्दशनकारी उत्तेजित भएपछि प्रहरीले एक दर्जन बढिलाई नियन्त्रणमा लिएको हो । यसैबीच, न्याय माग्न आएका आफूहरुलाई न्याय दिनुको सट्टा सरकारले प्रहरी लगाएर हटाउने प्रयास गरेको भन्दै प्रर्दशनकारीहरुले आपत्ति जनाएका छन । सुरक्षाकर्मीका सहिद परिवारलाई सरकारले न्याय दिनुको सट्टा लखेटने प्रयास गरेको भन्दै सो घटनाप्रति द्धन्द्धपीडित सुरक्षाकर्मी परिवार संस्थाकी सदस्य दुर्गाकुमारी विश्वकर्माले आपत्ति जनाउनु भयो । द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले आफ्ना सन्तानलाई निःशुल्क पढाउने व्यवस्था गर्ने तथा परिवारका एक जना सदस्यलाई अनिवार्य सरकारी नोकरी दिनेसहितको विगतमा गरिएको सहमति कार्यान्वयनका लागि सरकारलाई दवाव दिन काठमाडौंमा अनिश्चितकालीन धर्ना दिनेक्रम जारी राखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *