Saturday, January 18, 2025
Home > मुख्य समाचार > ‘देश र प्रदेशको आर्थिक समृद्धि हासिलगर्न सबैको योगदान आवश्यक’

‘देश र प्रदेशको आर्थिक समृद्धि हासिलगर्न सबैको योगदान आवश्यक’

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले देश र प्रदेशको आर्थिक समृद्धि हासिलगर्न सबैको योगदान आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्र्तगतको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषले आज विराटनगरमा आयोजना गरेको प्रदेशस्तरिय एकदिने कार्याशाला गोष्ठीलाई सम्बोधन गर्नुहुंदै उहाँले यस्तो बताउनुभएको हो । सबै पक्ष मिलेर अघि बढेमात्र समृद्धि हासिल गर्न सकिने बताउनुहुँदै उहाँले उपयुक्त वातावरण बनाउन भने सरकारले सहयोग गर्ने आश्वस्त गर्नुभयो । मुख्यमन्त्री राईले आर्थिक सम्मुन्नतिकानिम्ति प्रदेश सरकारले कृषिलाई पहिलो आधार बनाएर पर्यटन,उद्योग र जलश्रोत लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डाक्टर प्रेमप्रसाद दंगालले युवा तथा बेरोजगारलाई स्वरोजगार बनाउन नेपाल सरकार तथा कोषले विभिन्न शिर्षकमा कर्जा प्रवाह गर्ने गरेको जानकारी दिनुभयो । उहाँले ब्यवसायिक खेती,पशुपालनृ,कृषि तथा वनजन्य उद्योग लगायतका क्षेत्रमा बिनाधितो सहज कर्जा उपलब्ध गराउदै आएको बताउनुभयो ।

हालसम्म कोषले देशभरिमा ६ अर्ब बढी लगानी गरिसकेको तथा प्रदेश एकमा आथिकबर्ष २०७५–७६ मा लगभग ८१ करोड लगानी भएको कोषले जनाएको छ । कोषसंग प्रदेशमा ६ हजार ५ सय उद्यमी आबद्ध रहेको कोषका सुनसरी कार्यक्रम संयोजक चिरंजिवी भट्टराईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *