Saturday, January 18, 2025
Home > खेलकुद समाचार > ‘देशलाई समुन्नत र अनुशासित बनाउन खेल क्षेत्रको विकास अपरिहार्य’

‘देशलाई समुन्नत र अनुशासित बनाउन खेल क्षेत्रको विकास अपरिहार्य’

विराटनगर, २४ पुष । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले देशलाई समुन्नत र अनुशासित बनाउन खेल क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भएको छ ।

आजदेखि विराटनगरमा सुरु भएको राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय व्याडमिण्टन प्रतियोगिताको उद्घाटन गर्दे सचिव विष्टले यस्तो बताउनु भएको हो । उहाँले देशको विकास तथा नयाँ पुस्तालाई खेल क्षेत्रमा लाग्न नयाँ नयाँ आयामहरु भित्र्याउन राखेप लागिपरेको परेको बताउनु भयो । मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा विराटनगरस्थित शहीद रंगशालाको कवर्ड हलमा सुरु भएको ब्याडमिन्टन प्रतियोगितामा नेपालसहित मलेशिया, भारत, वङ्गलादेश र म्यानमार लगायत राष्ट्रका अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा १५ वर्ष मुनिका पुरुष एकल, महिला एकल, १९ वर्ष मुनिका पुरुष एकल, महिला एकल, १९ वर्ष मुनिका पुरुष डवल, महिला डवलका इभेन्ट्का खेलहरु हुने आयोजकले जनाएको छ । प्रतियागितामा प्रथम हुने खेलाडीले २ सय डलर, दोस्रो हुनेले १ सय डलर र तेस्रो हुनेले ५० डलरका साथै ट्रफि हातपार्ने संघका जिल्ला अध्यक्ष कौरव वस्नेतले जानकारी दिनुभयो । नेपालमै पहिलो पटक हुन लागेको प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *