Saturday, January 18, 2025
Home > मुख्य समाचार > देशभर विभिन्न कार्यक्रम गरी धान दिवस मनाइयो

देशभर विभिन्न कार्यक्रम गरी धान दिवस मनाइयो

विराटनगर । असार १५ गते देशभर विभिन्न कार्यक्रम गरी धान दिवस मनाइएको छ । असारे भाका घन्काउँदै कृषकहरु असार पन्ध्रमा हिलो छ्यापा–छ्याप गर्दै निकै रमाईलो गरी धान रोप्ने गर्दछन् ।

हरेक बर्ष झै यसबर्षपनि राष्ट्रिय धान दिवस मनाइएको छ । मोरंगको बुढी गंगा गांउपालिकामा मनाइएको धान दिवस कार्यक्रमको गांउपालिकका प्रमुख बालचन्द्र माझीले हलो जोतेर उदघाटन गर्नुभयो । नेपाली किसानहरुले परम्परागतरुपमै आसार–१५ मनाउँदै आएका छन् । असार–१५ मा रमाइलो गर्दै रोपाईं गर्ने र खासगरी दही–चिउरा र केरा खाने परम्परा छ । खेतमा रोपाईं गरेर दही–चिउरा खाने हुनाले असार–१५ लाई दही–चिउरा खाने दिनकारुपमा समेत चिनिन्छ । असार महिनाको तातोघाममा कडा श्रममा खटिनु पर्ने भएकाले शितलता प्रदान गर्ने दही तथा केरा खाँदा स्वास्थ्यलाई समेत फाइन पुग्ने बताइन्छ । आजभोली रोपाईं नगर्नेहरुले समेत दहीचिउरा, केरा लागतका खोनकुरा खाँदै असार–१५ मनाउने चलन बढेको छ । खासगरी खेती किसानी गर्नेहरुमा भने असार–१५ को विषेश महत्व हुने गर्दछ । पछिल्लो सयम सरकारले असार–१५ लाई राष्ट्रिय धान दिवस घोषण गरेपछि असार–१५ को महत्व झन् बढेर गएको छ । सरकारले २०६० सालदेखि असार–१५ मा राष्ट्रिय धान दिवस मनाउने घोषणा गरेपछि हरेक वर्ष धान दिवस मनाउने गरिन्छ । नेपालको प्रमुख खाद्यान्न वाली समेत धान नै भएकाले असार–१५ को विशेष महत्व छ । तर सरकारले असार–१५ लाई धान दिवसको रुपमा मनाउने घोषणा गरेपनि धान खेतीको विकास र विस्तारमा भने ध्यान दिएको पाईंदैन ।  कुल धानखेती हुनेमध्ये करिब २१ प्रतिशत जमिनमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्रका किसान आकाशे पानीको भर पर्नुपर्ने स्थिति छ । अहिले पनि समयमा उन्नत बिउ, मल लगायतका सामाग्री नपाएको भन्दै कृषकहरुले गुनासो गर्ने गरेका छन् ।

नेपालका मनाङ, मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा धान उत्पादन हुने गर्दछ । सुनसरी, मोरङ, झापा, सिराहा, सप्तरी लागायतका जिल्लाहरु नेपालका धान उत्पादन हुने प्रमुख जिल्ला हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *