Saturday, January 18, 2025
Home > मुख्य समाचार > देशभरका सबै तहका विद्यालयहरुको दरबन्दी मिलान

देशभरका सबै तहका विद्यालयहरुको दरबन्दी मिलान

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सबै तहका विद्यालयहरुको दरबन्दी मिलान गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राष्ट्रिय शिक्षा नीति र शिक्षकहरुको दरबन्दी मिलान सम्बन्धी जानकारी गराएको हो । मन्त्रालयले देशभर कायम रहेको प्राथमिक तर्फको दरबन्दी ८० हजार १ सय ७६, निम्न माध्यमिकतर्फको दरबन्दी १६ हजार २ सय ४४ र माध्यमिकतर्फको १२ हजार ७ सय २५ कायम गरेको छ । त्यस्तै साविकको उच्च माध्यमिकतर्फको दरवन्दी २ हजार तोकेको छ । त्यस्तै प्राथमिकतर्फको राहत अनुदान कोटा २१ हजार ८ सय ७१, निम्न माध्यमिकतर्फको राहत कोटा ९ हजार ६ सय ९ र माध्यमिकतर्फको राहत अनुदान कोटा ६ हजार ८ सय ९८ छुट्याइएको छ । त्यस्तै उच्च माध्यमिकतर्फको राहत अनुदान कोटा ४ हजार पुर्याइएको मन्त्रालयले जनाएकाृे छ । त्यस्तै १ सय २३ स्थानीय तहबाट ४ हजार ८ सय ५२ दरबन्दी तथा राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण हुनेछन् । त्यस्तै १४ जिल्लाको ३ हजार ३ सय ५९ दरबन्दी, १५ जिल्लाभित्र एक स्थानीय तहबाट अर्को तहमा १ हजार ४ सय ९३ मिलान हुने छ । स्थानीय तहभित्रको शिक्षकहरुको राहत तथा अनुदानको कोटाको मिलान भने सम्बन्धित स्थानीय तहले गर्ने व्यवस्था गरिएको छ । यस्तै मन्त्रालयले राष्ट्रिय शिक्षा नीतिको किताब पनि सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले शिक्षाको दुरदृष्टि, लक्ष्य, उद्देश्य र रणनीतिहरुको परिधिभित्र रहेर राष्ट्रिय शिक्षा नीति ल्याइएको बताउनुभयो । सार्वजनिक गरिएको शिक्षा नीतिमा समावेश गरिएका कतिपय विषयहरु प्रदेश र स्थानीय तहबाट समेत कार्यान्वयन गर्नुपर्ने भएकाले आफ्नो आवश्यकताअनुसार नीति प्रतिकुल नहुने गरी आफ्नै रणनीति, कर्यनीति र कार्यक्रम लागू गर्न सक्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *