काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका विदेश बिभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशको बिकासको निम्ति सबैलाई एक जुट हुन आह्वान गर्नु भएको छ ।
आज काठमाडौँमा भएको कार्यक्रममा बोल्दै उहाँले देश बिकासको लागि नागरिक, संघ—संस्था र सरकार एक साथ जुट्नु पर्ने बताउनु भएको हो । सानो—ठूलो जस्तो सुकै काममा ३ मुख्य पक्षको भूमिका हुने भन्दै पूर्व प्रधानमन्त्री नेपालले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने बताउनु भयो । कहिले काही धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै ३ पक्षको हातेमालोले ठूला ठूला काम बन्न सक्ने बिश्वास ब्यक्त गर्नुभयो । पूर्व प्रधानमन्त्री नेपालले सरकारले गरेका कतिपय काम लामो अनुशन्धान र तयारी बिना आएको भन्दै चिन्ता पनि ब्यक्त गर्नु भयो । उहाँले काठमाडौँको बिकास निर्माण समयमा सम्पन्न गर्न र धुलो हिलो हटाउन स्थानीय स्तरबाट पनि काम गरिनु पर्ने बताउनु भयो । कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले स्थानीय जनताले आफुले गर्न सक्ने काम पनि सरकार आउला र गरिदेला भनेर नकुर्न आग्रह गर्नु भयो ।