Saturday, January 18, 2025
Home > मुख्य समाचार > दुर्घटना गराउने कार चालकलाई कारवाहीको माग गर्दै विराटनगरका टेम्पु चालकहरुद्धारा प्रदर्शन

दुर्घटना गराउने कार चालकलाई कारवाहीको माग गर्दै विराटनगरका टेम्पु चालकहरुद्धारा प्रदर्शन

विराटनगर । गएराति विराटनगरमा भएको सडक दुर्घटनामा एक युवाको मृत्यु भएपछि दुर्घटना गराउने कार चालकलाई कारवाहीको मागगर्दै विराटनगरका टेम्पु चालकहरु प्रदर्शनमा उत्रिएका छन ।

मृतक टेम्पु चालक रहेकाले दुर्घटना गराउने कार चालकलाई कारवाहीको मागगर्दै चालकहरु प्रर्दशनमा उत्रिएका हुन । धर्ना प्रदर्शनमा उत्रिएका टेम्पु चालक र मृतकका आफ्न्तले स्थानीय बरगाछी चोकमा केहीबेर चक्का जाम गर्नुका साथै जिल्ला प्रहरी कार्यालय मोरंग छेउको सडकमा टेम्पु राखेर धर्नामा बसेका छन । गएराति विराटनगरको बरगाछीमा भएको दुर्घटनामा विराटनगर–१२, बखरीका १९ बर्षिय शंकरकुमार मिश्रको मृत्यु भएको थियो । को ३५ प ५६३४ नम्बरको पल्सर मोटरसाइकलमा सवार उनलाई बा २० च ७४० नम्बरको किया कम्पनीको कारले पछाडिबाट ठक्कर दिएको मृतकका आफ्न्तले बताएका छन । बरगाछी उत्तरबाट दक्षिणतर्फ आउदै गरेका मिश्रलाई सोहि दिशाबाट तीब्र गतिमा आएको कारले ठक्कर दिएर कयौं मिटरसम्म घिसारेर लगेको मृतका दाजु रामकुमार मिश्रले जानकारी दिनुभयो । रातको पौने ११ बजे ठक्कर दिएर दक्षिणतर्फ फरार भएको दुर्घटना गराउने कार १ घन्टापछि विराटनगर–६ भट्टीमोड पश्चिमस्थित एक घरमा लुकाई राखेको अवस्थामा फेला परेको उनको भनाई छ ।  मिश्रले दुर्घटना गराउने कार चालकलाई अविलम्ब नियन्त्रणमा लिएर कडा कारवाही गर्नुपर्ने माग गरेका छन । यता सो बिषयमा प्रतिक्रिया दिनुहुंदै जिल्ला प्रहरी कार्यालय मोरंगका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले दुर्घटना गराउने कार गएराति नै बरामद गरिसकिएको जानकारी दिनुहुंदै कार चलाउने ब्यक्तिको खोजतलास र अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *