Saturday, January 18, 2025
Home > मुख्य समाचार > दुरसंचार सेवामा एक प्रतिशत थप शुल्क लगाई संकलित रकम बारे सदनलाई जानकारी गराउन माग

दुरसंचार सेवामा एक प्रतिशत थप शुल्क लगाई संकलित रकम बारे सदनलाई जानकारी गराउन माग

काठमाडौं, १९ पुष । प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले भुकम्प पछिको पुननिर्माणका लागि भन्दै दुरसंचार सेवामा एक प्रतिशत थप शुल्क लगाई संकलित रकम बारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै कांग्रेस सांसदहरुले पुरातात्विक महत्वका संचरना पुननिर्माणका लागि भन्दै संकलित रकम बारे सदनलाई जानकारी गराउन माग गरेका हुन् । सांसद मिनेन्द्र रिजालले भुकम्प पछिको पुननिर्माणका लागि दुरसंचार सेवामा थप एक प्रतिशत शुल्क संकलन गरि उठाएको रकम बारे सरकारको जवाफ माग गर्नुभयो ।

भुकम्प पछिको पुननिर्माणका लागि भन्दै नेपाल टेलिकमले ९२ करोड र एनसेलले ९७ करोड सहित २ अर्ब ५० करोड भन्दा बढी रकम सरकारलाई बुझाएको भन्दै पुरातात्वतिक महत्वका संरचना पुननिर्माणका लागि भनि उठाएको पैसा कहा छ भनि प्रश्न गर्नुभयो । सांसद रंगमती शाहीले कंचनपुरकी निर्मला पन्तको बलात्कार पछिको हत्यामा संलग्न दोषिलाई अझै नियन्त्रणमा लिन नसकेको भन्दै सोको जिम्मेवारी महिला सांसदलाई दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बिमला विकले रामबहादुर बमजनले महिला माथि र्दुव्यहार गरेको तथा उनको आश्रमबाट महिला हराएको भन्ने समाचारबारे गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद भरतकुमार शाहले संसद आवासका लागि छुट्याएको जग्गामा सरकारले एकलौटी ढंगले मन्त्री क्वाटर बनाउने निर्णय गरिएको भन्दै सच्याउन माग गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *