Saturday, January 18, 2025
Home > मुख्य समाचार > दुई देशका प्रधानमन्त्रीद्वारा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन

दुई देशका प्रधानमन्त्रीद्वारा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट स्वीच थिचेर पाइपलाइनको उदघाटन गर्नुभएको हो । पेट्रोलियम पाइपलाइनको उदघाटनपछि बोल्दै प्रधानमन्त्री ओलीले पाइपलाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको बताउनुभयो । अमलेखगन्जमा इन्डियन आयल कर्पोरेसनका अधिकारीले पाइपलाइनबाट आएको तेल बोतलमा थापेर नेपाल आयल निगमका अधिकारीलाई हस्तान्तरण गरेका थिए । सो तेल भण्डारण गृहमा खन्याइएको थियो । यससँगै पाइपलाइनको माध्यमबाट भारतबाट आएको पेट्रोलियम पदार्थ अमलेखगञ्जस्थित डिपोमा भण्डारण हुन थालेको छ ।

प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतको साझेदारी केही आयोजनामा मात्र सीमित नरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले द्विपक्षीय साझेदारीले रेलवे, वाटरवे, जलविद्युत उत्पादन, एकीकृत भन्सार जाँच चौकी, पर्यटन, कृषिलगायतका क्षेत्रमा विस्तार भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफू भारतीय समकक्षी नरेन्द्र मोदीसँग हातमा हात मिलाएर काम गर्न तयार रहेको पनि बताउनुभयो । केही वर्षयता भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति राम्रो रहेको भन्दै उहाँले भूकम्पपछिको पुनर्निर्माणमा गोरखा र नुवाकोटमा गरी भारतीय सहयोगमा ५० हजार घर बनेको जानकारी गराउनुभयो । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्ने प्रतिवद्धता दोर्होयाउनुभयो ।

प्रधानमन्त्री मोदीले यो आयोजनामा अपेक्षा गरेभन्दा अगाडि नै काम भएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाल भारत सहयोगका परियोजनाहरुको काम पनि सन्तोषजनक रहेको बताउनुभयो । दुई देशको राजनीतिक नेतृत्व नियमित सम्पर्कमा रहेको र नेपालका प्रधानमन्त्री ओलीसँग आफ्नो चार पटक भेटवार्ता भएको स्मरण गराउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि दिएको निम्तो स्वीकार गर्दै मोदीले छिट्टै आउने बचन दिदै छिट्टै नेपाल आउने प्रयास गर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीको स्वास्थलाभको कामना गर्दै अभुतपूर्व सक्रियताको प्रशंसा पनि गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *