Saturday, January 18, 2025
Home > मुख्य समाचार > दुईवटा विद्युतीय बस सेवा सञ्चालन

दुईवटा विद्युतीय बस सेवा सञ्चालन

काठमाडौं । काठमाडौंमा दुईवटा विद्युतीय बस सेवा सञ्चालनमा आएको छ ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लव कार्यालय परिसरबाट सो सेवाको शुभारम्भ गर्नुभएको हो । सुन्दर यातायात प्रालिले चीनबाट नेपालका पहिलो पटक भित्र्याएको सो विद्युतीय बस काठमाडौंको चक्रपथमा संचालन हुने रुट परमिट लिइएको छ । एयरपोर्टलाई गन्तव्य बनाएर आन्तरिक र पहिले ट्रली बस सञ्चालन भएको भक्तपुरको सूर्यविनायकसम्म पनि सो बस संचालनमा ल्याउनका लागि सरकारसँग रुट परमिटको लागि निवेदन दिइएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनु भयो । सो बसको भाडा अन्य सवारी साधनको भन्दा २० प्रतिशत कम निर्धारण गरिएको छ । अध्यक्ष थापाले सरकारले सार्वजनिक यातायातलाई तोकेको भाँडामा भन्दा २० प्रतिशत कम हुनेगरी विद्युतीय बसको भाडादर तोकिएको पनि बताउनुभयो । काठमाडौंमा हुने वायू र ध्वनी दुवै प्रदुषणलाई कम गर्ने उद्देश्यका साथ सो यातायात सेवा पनि संचालनमा ल्याइएको हो । सुन्दर यातायातले थप ११ वटा सो बस चीनबाट झिकाउने योजना पनि बनाएको छ । अध्यक्ष थापाले प्रदेश ५ को राजधानी बुटवल र प्रदेश १ को विराटनगरमा पनि सो बस सञ्चालनका लागि समझदारी गरिएको पनि बताउनुभयो । काठमाडौंमा केही दिनभित्र थप २ वटा बस पनि संचालनमा ल्याउने तयारी गरिएको छ । चीनको विके कम्पनीबाट झिकाइएको सो विद्युतीय बस ब्याट्रीमार्फत् चार्ज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *